कीर्ते नागरिकता सिफारिस गरेको भन्दै वडाध्यक्षसहित पाँच जनाविरूद्ध प’क्राउ पुर्जी जारी

राष्ट्रिय समाचार समिति

गलकोट, मंसिर १२ : कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई प’क्राउ पुर्जी जारी गरेको छ।

बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार प’क्राउ पुर्जी जारी गरेको जिल्ला प्र’हरी कार्यालय बागलुङका सूचना अधिकारी प्र’हरी निरीक्षक विजय भण्डारीले जानकारी दिए।

प’क्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले तत्कालीन वडा नम्बर ४ का सचिव प्रेमबहादुर खड्का र कीर्ते नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य प’क्राउ परेका छन्।

अदालतले वडाध्यक्ष ध्रुवबहादुर केसी, कीर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई प’क्राउ गर्न भनेपछि प्र’हरी परिचालन भएको छ।

फरक अभिभावक बनाएर कीर्तेे नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका–६ बाट पङ्कज सापकोटालाई प्र’हरीले यसअघि नै प’क्राउ गरिसकेको थियो।

प्रतिक्रिया