कुकुरको निधारमा पुच्छर आएपछि एक्स-रे गरियो

admin

एजेन्सी, पत्याउनै गाह्रो कुकुरको निधारमा पुच्छर…अमेरिकी राज्य मिसूरीमा एक दुर्लभ कुकुर भेटिएको छ । अमेरिकाको मिसूरीस्थित सडक नजिकै निधारमा पुच्छर पलाएको कुकुरको बच्चा भेटिएको हो । त्यो कुकुरलाई अभियान्ताकर्ताहरुले त्यहाँबाट लिएर गएका हुन् ।

उद्धारकर्ता रोशेल स्टिफनले यसलाई जादूमयी जनावर भनेका छन् । उक्त कुकुरको नाम नरह्वेल रहेको छ । कुकुरको शिरमा पुच्छर भएपछि त्यसको नाम नरह्वेल राखिएको छ । नरह्वेल प्रजातिको ह्वेल माछाको शिरमा पनि लामो पुच्छरजस्तो अंग हुन्छ ।

नारह्वालको निधारमा उम्रेको पुच्छर छोटो छ र ठ्याक्कै दुई आँखाको बीचबाट निस्केको छ । उसले छुनुमुनु गर्दा त्यो यताउता हल्लिन्छ । उसको सामान्य पुच्छर पनि छ । उनीहरुले नरवाललाई भटेर आफू खुशी भएको पनि बताएका छन् ।

कुकुरलाई म्याक मिसन नामको संस्थाले उद्धार गरेर यतिबेला पालन पोषण गरिरहेको छ । निधारमा आएको पुच्छर हेर्नलाई मानिहरुको भीड लाग्ने गरेको छ । कुकुरको निधरमा पुच्छर आएपछि परीक्षणका लागि अस्पाल लगि एक्स-रे पनि गराइएको थियो ।

त्यसक्रममा उक्त पुच्छरमा हड्डी नभएको पाइयो । त्यो केवल छाला र मासुको फित्ताजस्तो मात्र रहेको छ । पशुचिकित्सकहरूले एक्सरे गरेर हेर्दा उक्त पुच्छर कुनै पनि कुरासँग नजोडिएको देखाएको छ ।

पुच्छरको कुनै उपयोगिता छैन तर त्यसले उसलाई पीडा पनि दिएको छैन । पुच्छर हटाउनुपर्ने कुनै जायज कारण छैन, त्यसैले त्यो त्यहीँ रहनेछ । नारह्वालसँगै अर्को कुकुर पनि फेला परेको थियो । दुई कुकुरलाई उद्धार गरिनुपूर्व उनीहरूमाथि के भएको थियो भन्ने स्पष्ट छैन ।

प्रतिक्रिया