कुन दिन बस्ने तीजको व्रत ?भदौ १५ वा १६ ? यसो भन्छ पंचांग

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर  :  विवाहित महिलाहरु आफ्नो पतिको दिर्घायु र सम्वृद्धिको लागि हरितालिका तीजको व्रत राख्ने गर्दछन्। तीजको व्रतले विशेष महत्व बोकेको छ। यस व्रतको दिन महिलाहरु पुरै दिन पानी पनि नखाई निर्जल व्रत बस्ने गर्दछन् । यस पटकको तीजको व्रतको मिति र बारलाई लिएर ज्योतिषहरले अलग-अलग धारणा राखेका छन।

केहि ज्योतिषी र पण्डितका अनुसार हरितालिका तीज भदौ १५ गतेको दिन परेको र केहिले भने भदौ १६ गतेका दिन परेको जनाए । यस्तो अवस्थामा हरितालिका तीज १५ गते मनाउने की १६ गते मनाउने भन्नेमा सबैको मनमा दुविधा पर्न सक्छ। आज हामी तीज कुन दिन मनाउने त भन्ने बारे तपाईहरुलाई जानकारी दिन गईरहेका छौँ

यस साता भाद्रपद महिनाको शुक्ल पक्षको तृतीय र चतुर्थी एउटै मितिमा परेको छ । भदौ १६ को दिन सूर्य उदय कालसम्म तीजको तिथि रहनेछ। पंचांग गणनाको अनुसार तृतीय तिथि भदौ १५ गते आइतबारको बिहान ८ बजेर २६ मिनेट देखि अपराह्न ४ बजेर ५६ मिनेट सम्म रहनेछ । त्यस्तै, भदौ १६ गते उदय तिथि चतुर्थी हुनेछ। त्यसपछि चतुर्थी तिथि शुरु हुनेछ।

तीज र चतुर्थीको विशेष महत्व छ। किनभने तीज पार्वतीको र चतुर्थी गणेशको तिथि हो। त्यसकारण भदौ १६ गतेका दिन गणेश चतुर्थीको साथै तीजको व्रत पनि परेको छ ।

त्यस्तै अर्को मान्यता अनुसार तृतीय तिथि भदौ १६ गतेको बिहान ४ बजेर ५६ मिनेट सम्म हुनेछ। यस मान्यता अनुसार हरतालिका तिज आइतबार १५ को दिन पर्दछ।

एक अन्य अनुसार १६ गते सोमबार उदाउँदो तिथि भएकोले तृतीय तिथि मानिन्छ। साथै द्वितीया तिथिसँगै तृतीय तिथि भएकोले व्रतको कुनै फल पूर्ण हुँदैन। कम तिथिया र चतुर्थी तिथिको संयोग सर्वश्रेष्ठ मानिएकोले हरतालिका तीज १६ गते मनाउँदा राम्रो हुने देखिन्छ।

उक्त दिन माता पार्वती र भगवान शिवको विधि-विधानका साथ पूजा आराधना गरिन्छ । हरतालिका तीजको पूजा प्रदोषकालमा गरिन्छ । सूर्यास्त पछि तीन मुहूर्तलाई प्रदोषकाल भनिन्छ । यो दिन र रातको मिलनको समय हुन्छ। हरतालिका पूजाका लागि भगवान शिव, माता पार्वती र भगवान गणेशको मुर्ति बालुवा र कालीमाटीबाट हातैले बनाइन्छ। पूजा गर्ने स्थलमा फूलहरूले सजाई केराको पात राखेर भगवान शिव, माता पार्वती र भगवान गणेशको प्रतिमा स्थापना गर्नुहोस।

प्रतिक्रिया