कुमार पौडेल प्रकरणमा सरकार नै फस्ने : स्वागत नेपाल

मनिषा थापा

पिएनपिखबर : राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई ‘इन्काउन्टर’का नाममा प्रहरीले पक्राउ गरी हत्या गरेको निष्कर्ष निकालेको छ ।

विगत ५ महिना अघि प्रहरीले इन्काउटरमा मारिएको बताएको थियो तर हालै आयोगले भने पौडेलको हत्या नै भएको निस्कर्ष निकाली गोली प्रहारमा संलग्न प्रहरीलाई थुनामा राखी मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको हो ।

सर्लाही इन्चार्ज कुमार पौडेल प्रकरणको घटनाले सरकारको चरित्रलाई फेरी उदाङ्गो बनाएको अधिबक्ता स्वागत नेपालले बताएका छन्। उनले सरकार देश टुक्राउनेसँग साझेदारी गरेर विखण्डनबादी बन्ने र उन्नत गणतन्त्रको लागि आवाज उठाउनेलाई दबाउने गरेको उनके आरोप छ।

उनी भन्छन, ‘९ राउण्ड गोली पौडेलमाथि लाग्दा कुन चाँही प्रहरीलाई गोली लाग्यो यसले सरकारको सफेद झुट देखिन्छ। सरकारको चरित्र झल्किनु कुनै आश्चय छैन।’ सरकारले मानबअधिकार आयोगले दिएको हजारौ निर्देशनलाई सरकारले पालना नगरेको उनको गुनासो छ। अहिलेसम्मको राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनको सरकारले कुनै औचित्य नराखेको उनले बताए।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू