कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृ’त्यु

राष्ट्रिय समाचार समिति

दाङ : कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृ’त्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृ’त्यु भएको हो ।

फाइल तस्बिर

कुर्सीबाट लडेर टाउकोमा ग’म्भीर चो’ट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृ’त्यु भएको हो ।

उहाँको टाउकोमा आन्तरिक रक्तस्राव भएको थियो । भण्डारी विगत लामो समयदेखि अस्वस्थ रहँदै आएको तुलसीपुर–११ का वडा सदस्य सुवास डाँगीले बताउनुभयो । भण्डारी साविक उरहरी गाविसको अध्यक्ष हुनुका साथै उरहरी गाउँ पञ्चायतको प्रधानपञ्चसमेत हुनुभएको थियो ।

उहाँले करिब दुई दशक सत्तामा रहेर काम गरेको डाँगीले बताउनुभयो । साथै उहाँले नेपाली कांग्रेसको तत्कालीन दाङ क्षेत्र नं ४ को सभापति, अमर मावि उरहरीका पूर्वअध्यक्ष भएरसमेत काम गर्नुभएको छ । उहाँका चार छोरा हुनुहुन्छ । रासस

प्रतिक्रिया