‘कुल्ली नम्बर वान’ को रिमेक बन्ने, वरुण धवनको साथमा देखिनेछिन् सारा अली

पूजा बानियाँ

एजेन्सी : ‘कुल्ली नम्बर वान’ को रिमेक बन्ने भएको छ । सुपरस्टार अभिनेता गोविन्दाको सुपरहिट यस फिल्मको रिमेकमा मुख्य अभिनेताको रुपमा वरुण धवन रहनेछन् भने मुख्य अभिनेत्रीको रुपमा अभिनेत्री सारा अली खान देखिने छिन् ।

बलिउड फिल्म निर्देशक डेविड धवनको निर्देशनमा बन्ने यस फिल्मको स्क्रिप्ट फरहाद सामजीले लेखिरहेका छन् । तिनै फरहादले फिल्म ‘कुली नम्बर वान’ मा सारा अली खान मुख्य अभिनेत्री रहने कुरा बताएका छन् । साथै उनले ‘सिम्बा’ जस्तो सुपरहिट फिल्मपछि सारासँग फेरि काम गर्न पाउदा निकै खुशी रहेको पनि बताएका छन् । यसअघि फरहाद फिल्म ‘सिम्बा’ मा पनि काम गरेका थिए ।

बलिउड फिल्म उद्योगमा वरुण धवनलाई हिट मेसिनको रुपमा हेरिने गरिन्छ । यसअघि वरुणले आफ्ना बुवा डेविड धवनका साथ ‘जुडवा २’ र ‘मे तेरा हिरो’ जस्ता सुपरहिट फिल्म दिइसकेका छन् । अहिले फेरि तेस्रो पटक डेबिड धवन र वरुण धवन एकसाथ काम गरिरहेका छन् । यस पटक वरुण धवनले ९० को दशकको सुपरहिट फिल्म ‘कुली नम्बर वान’ को रिमेकमा पनिमा पनि धमाकेदार अभिनय गर्दै दर्शकको मन जित्न सुरमा छन् ।

डेविड धवनले पहिले अभिनेता गोविन्दा र करिश्मा कपूरका साथ फिल्म ‘कुली नम्बर वान’ बनाएका थिए । जुन फिल्म सन् १९९५ मा रिलिज भएको थियो । फिल्म ‘कुली नम्बर वान’ त्यस वर्षको सुपरहिट फिल्म बनेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू