कुल कोरोना संक्रमितमध्ये ८१ प्रतिशत भन्दा बढी होम आइशोलेसनमा

admin

काठमाडौं, १४ कात्तिक : मुलुकभर ३१ हजार ३८७ जना होम आइशोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले जनाएको छ । कोरोना परीक्षणको दायर बढाइएसँगै कोरोना संक्रमितको संख्या पनि बढेकाले होम आइशोलेसनमा बस्ने संक्रमितको संख्या पनि बढेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमित ३८ हजार ३ सय ५७ जना रहेका छन् त्यसमध्ये ३१ हजार ३ सय ८७ होम आइशोलेसनमा रहेका हुन् । जसअनुसार ८१.८२ प्रतिशत कोरोना संक्रमित हो आइशोलेसनमा रहेका हुन् ।

कुन प्रदेशमा कति
स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा होम आइशोलेसनमा रहनेको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशका रहेका छन् । बाग्मतीमा ३१ हजार ३ सय ८७ रहेको मन्त्रालयको भनाइ छ । त्यस्तैगरी प्रदेश १ मा ६ हजार २ सय १० जना संक्रमित होम आइशोलेसनमा रहेका छन् । लुम्बिनी प्रदेशमा ३ हजार ५ सय ६० संक्रमित होम आइशोलेसनमा रहेका छन् ।

त्यस्तैगरी होम आइशोलेसनमा रहने प्रदेश २ मा १ हजार २० जना, प्रदेश गण्डकी प्रदेशमा १ हजार ३२६ जना, त्यस्तैगरी सुदूरपश्चिम प्रदेशमा ९ सय ९८ र कर्णाली प्रदेशमा ५५५ जना होम आइसोलेसनमा रहेको मन्त्रालले बताएको छ ।

प्रतिक्रिया