कुहिरोका कारण आन्तरिक उडान प्रभावित

admin

काठमाडौं, ७ माघ : तराईमा बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही आन्तरिक उडान प्रभावित भएका छन् । हुस्सुका कारण भैरहवा र नेपालगञ्जमा बुधवार बिहानैदेखि उडान हुन सकेको छैन । भैरहवा र नेपालगञ्जका लागि तय गरिएका तीनरतीन वटा उडान हुन सकेका छैनन् ।

बुधबार आन्तरिकतर्फ ८७ वटा उडान रहेका छन्, तीमध्ये मौसम प्रतिकूलताका कारण तराईका जिल्लामा हुने उडान भने प्रभावित हुन सक्ने विमानस्थल कार्यालयले जनाएको छ । केही आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया