कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्छ : वरिष्ठ नेता पौडेल

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २७ असार : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्ने बताउनुभएको छ । नेता पौडेलले आज गण्डकी प्रदेशका काँग्रेस नेता तथा कार्यकर्तासँग गरेको भर्चुअल बैठकमा उहाँले वर्तमान सरकारले राष्ट्रियताको सवालमा कूटनीतिक वार्ताबाटै गुमेको भूमि फिर्ता लिनुपर्ने बताउनुभएको हो ।

नेता पौडेलले वर्तमान सरकार वार्ता गर्ने बेलामा गालीगलौजमा उत्रिएर भारतसँग वार्ताको वातावरण बिगारेको आरोपसमेत लगाउनुभयो । “वर्तमान सरकार गरिबी, अशिक्षा तथा महामारी रोक्न असफल भएको छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले काँग्रेसको १४औँ महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शङ्का नगर्न आम नेता कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । फागुनमा महाधिवेशन गर्न पर्याप्त समय रहेको उहाँको भनाइ थियो । काँग्रेसको क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने वरिष्ठ नेता पौडेलले बताउनुभयो ।

प्रतिक्रिया