केक काटेर ‘लभ स्टेशन’को ‘इन्ड क्लाप’

शर्मिला गुरुङ

काठमाडौं, ७ मङ्सिर  : चर्चित जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को बुधबार बेलुका ललितपुरको गोदावरी रिसोर्टमा ‘इन्ड क्लाप’ गरिएको छ । तिहार अघि बाँकी रहेको तीन दिनको क्लाईमेक्स फाईट सकेर केक काट्दै फिल्मको क्लाप इन्ड गरिएको हो ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । निर्देशक घिमिरेका अनुसार फिल्मको सबै दृष्यको छायाँकन सकिएको छ । अब बाँकी दुई गीत मध्य हिउँ राम्ररी परेपछि एउटा गीतको मनाङमा र अर्को गीतका आगामी अँग्रेजी नयाँवर्षको छेका पारेर जापानमा छायाँकन गरिने छ ।

चलचित्रको फस्ट लुक्ससँगै केही दिनमै रिलिज मिति घोषणा गरिने यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताए । प्रेमकथामा आधारित यो चलचित्रको दर्जिलिङ, कलिङपोङ, मिरिक, फिक्कल, कन्याम, इलाम, श्रीअन्तु हुँदै काठमाडौं उपत्यकामा छायाँकन गरिएको थियो ।

लभ स्टेशनमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको मुख्य भूमिका छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन्। आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

प्रतिक्रिया