केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न काँग्रेसले बाेलायाे बैठक

admin

काठमाडौं, १३ माघ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक बाेलाइएकाे छ।

शुक्रबार दिउँसो तीन बजे भर्चुअल माध्यममा बैठक बस्न लागेकाे काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।

पाैडेलका अनुसार बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यलाई आमन्त्रण गरिएकाे छ ।

केन्द्रीय कार्य सम्पादन समिति गठनका सन्दर्भमा बैठक बस्ने पाैडेलले जानकारी दिए । यस्तै चुनावका सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया