केन्द्रीय सदस्यलाई पेरिसडाँडामा बोलायो प्रचण्ड-नेपाल समूहले

admin

काठमाडौं, २० फागुन : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार पनि केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडामा रहेको पार्टीको केन्द्रीय कार्यालयमा बोलाएको छ । बुधबार मात्र केन्द्रीय कमिटी बैठक गरेको प्रचण्ड-नेपाल पक्षले बिहीबार फेरि उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडा बोलाएको हो ।

प्रतिनिधिसभा बैठकको मिति नजिकिदै गर्दा राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् । केही दिनदेखि दलहरु आन्तरिक रणनीतिका लागि छलफलमा जुटिरहेका छन् । केहीबेरमा काठमाडौं उपत्यकामा रहेका केन्द्रीय सदस्यलाई भेला हुन भनिएको प्रचण्ड-नेपाल समूहका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया