केपी ओलीमा स्यालको गुण छ, मान्छेलाई रङ्बङ्ग्याई दिने : रामनारायण बिडारी (भिडियोसहित)

admin

काठमाडौं, १२ पुस : राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी अत्यन्तै कलात्मक र हाउभाउका साथ प्रस्तुत हुन्छन् । उनले बोल्न थालेपछि जो कसैले चाख दिएर सुन्छ । उनका भिडियोहरु सामाजिक सञ्जालमा भाईरल हुने गरेका छन् ।

यस्तै माधवकुमार नेपालको नेकपा एकिकृत समाजवादीका नेतासमेत रहेका बिडारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्यालको संज्ञा दिएका छन् । यसैक्रममा उनको एउटा भिडियो टिकटकमा सार्वजनिक भएका छ, जहाँ उनले ओलीलाई स्यालको रुपमा चित्रण गर्ने प्रयास गरेका छन् ।

ओलीमा मान्छेलाई रङ्वङ्ग्याउने कला रहेको भन्दै ठ्याक्कै त्यही कला स्यालमा पनि हुने गरेको बताएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई आफनो स्वार्थका लागि जसरी पनि घुमाउने गरेको उनको आसय छ ।

पिएनपी मिडियासँगको कुराकारीमा उनले भने, ‘ओली भन्ने एउटा खराब मान्छे हाम्रो देशमा छन् । तिनले के कुरा गर्दिन्छन भने मान्छेलाई रङ्वङ्ग्याउन सिपालु छन् । रङ्वङ्ग्याई दिने । रङ्वङ्ग्याउने भन्या कस्तो भने, त्यो दिमाग केहि पनि काम नगर्ने वनाई दिने क्या । फुनुन्न… घुम्ने’ ।

उनले अगाडि भनेका छन्, ‘त्यो एउटा त्यसको रोचक कुरा पनि छ । कुकुरले स्याललाई दपेट्छ, स्याल अगाडि अगाडि कुद्छ । कुकुरले भेट्न–भेट्न खोज्छ । स्यालले फुस्स पाध्दिन्छ । अनि कुकुर रङ्वङ्गीएर तीन फेर घुम्छ । त्यो त्यसरी घुमेपछि स्याल पारी डाँडामा पुगिसक्छ । ओलीजीको टेक्निक तेही हो ।’

सोही क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन सक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गरेका छन् । बिडारीले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने कुरा संवैधानिक हुने उनको तर्क छ । उनले अहिले प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको विषयमा प्रतिनिधिसभाको विघटनको मुद्दाको हवला दिनु गलत भएको पनि जिकिर गरेका छन् ।

प्रतिक्रिया