केपी ओलीलाई गुहार्दै नेता रिजालले भने, ‘पार्टी अनुशासनको डण्डा लगाउन ढिलो गर्नु हुदैँन’

admin

काठमाडौं, २२ भदौ : नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले नेकपा एमालेले पार्टी विभाजनलाई रोक्न र पार्टी एकतालाई अझ मजबूत बनाउन कार्यदलले दिएको १० बुँदे सुझावहरूलाई टेकेर एमाले पार्टीलाई २०७५ जेठ २ भन्दा अगाडीको अवस्थामा फर्काउने निर्णय पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटीबाट निर्णय गरिसकेको बताएका छन् ।

उनले भने, ‘पार्टी को केन्द्रीय कमिटीबाट नै १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न ७ वटै प्रदेशमा कार्यदल बनिसकेको छ । सो कार्यदले आफ्नो काम दुर्त गतिविधिमा बढाइरहेको अवस्थामा केहि जिल्लाहरूमा म अध्यक्ष छोड्दिन पार्टी कमिटी निर्णय मान्दिन भन्दै पार्टी लाई विभाजन को दिशामा लैजान अराजक पार्टी हित विपरीत गतिविधीहरु भैरहेकोले यस्ता अराजक असभ्य उच्छृंखल गतिविधी गरिरहनेहरूलाई तुरून्तै अनुशासनको कारवाही गर्न म एमाले अध्यक्ष केपी ओली, पार्टीको केन्द्रीय समिति र पार्टीको केन्द्रीय अनुशासन विभागलाई आग्रह गर्दछु ।’

नेता रिजालले व्यक्तिगत ईगो साध्ने पार्टीलाई कमजोर बनाउने पार्टी मेरो मात्र हो अरुको होइन एमाले मेरो विर्ता हो यस पार्टीमा अरुलाई प्रवेश निषेध छ भन्नेहरु कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता हुन नसक्ने बताएका छन् । उनले यस्ता कूलदोर्ही धमिराहरूलाई पार्टी अनुशासनको डण्डा लगाउन ढिलो गर्न नहुने बताएका छन् ।

उनले भने, ‘पार्टी एकता पूर्ण नभई विभाजनको दिशा तिर जान्छ र पार्टीका धमिराहरू ७७ जिल्लामा सबै भन्दा बढी सुनसरीमा देखिएको छ । सुनसरीका पार्टीका धमिराहरु रोगहरुको शल्यक्रिया बेलैमा नगरे अन्य जिल्लामा पनि यी धमिराहरको संख्या बढ्ने छ । बेलैमा धमिराहरु संग हामी सबै पनि सावधान हुदै सबै जना हातेमालो गर्दै बलियो एकताबद्ध एमाले बनाउने अभियानमा सरिक हौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू