केपी ओली अहिले भारतकै टाङमुनि छिरेका छन्, प्रधानमन्त्रीबाट हटाउनुपर्छ : देउवा

admin

काठमाडौं, ६ बैशाख : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ओं स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै ओलीलाई हटाउन खोजेको तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोले त्यो सम्भव हुन नसकेको बताएका हुन् ।

त्यस्तै उनले प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि जसपाले समर्थन गर्न लागेको तर्क गरे । पहिला भारतको विरोध गर्दै हिँड्ने प्रधानमन्त्री ओली अहिले भारतकै टाङमुनि छिरेको पनि उनले बताए । सभापति देउवाले कोरोना संक्रमण बढ्दै गएको भन्दै नेविसंघको यो कार्यक्रम नगर्न आग्रह गरेको बताए । सभापति देउवाले नेविसंघमा रहेको गुटबन्दीप्रति पनि आपत्ति जनाए । एउटै क्याम्पसमा तीन चारवटा समूह रहेको भन्दै देउवाले यस्तो अवस्थामा नेविसंघलाई अघि बढ्न गाह्रो हुने बताए ।

प्रतिक्रिया