केरा र स्याउ कुन बेला खानु उपयुक्त ? जान्नुहोस

रिता घिसिंग

एजेन्सी : हरेक खानेकुरालाई खाने समय हुन्छ । तर हामीले व्यवास्था गरिरहेका हुन्छौँ । फलफुल स्वास्थ्यका लागि लाभदायी हुन्छन् । फलफुल कुन बेला खाने भन्ने जानकारी हुने हो भने अझँ धेरै फाईदाहरु पाउन सकिन्छ । हामीले यहाँ केरा र स्याउ कति बेला खानु पर्छ भन्ने बारे उल्लेख गरेका छौँ ।

केरा
केरा दिउँसोको खानासँगै खायो भने रोगप्रतिरोधात्मक क्षमताको विस्तार गर्नुको साथै छालालाई पनि सुन्दर बनाउँछ । बेलुकाको खानापछि केरा नखाँदा नै राम्रो हुने चिकित्सकहरूको भनाइ छ । बेलुका केरा खाँदा खकार बढ्ने र पाचन पक्रियामा पनि समस्या हुने उनीहरूको भनाइ छ ।

स्याउ
स्याउ पनि राती भन्दा दिउँसो वा बिहान नै खान चिकित्सकहरूले सुझाएका छन् । बिहान वा दिउँसो स्याउ सेवन गर्दा स्याउमा हुने पेक्टिनले रगतमा चिनीको मात्रा र कोलेस्ट्रोल घटाउन मद्दत गर्छ । रातको समयमा स्याउ सेवन गरे यसमा हुने पेक्टिनलाई पचाउन गाह्रो हुने र पेटमा एसिडको मात्रा बढ्न सक्छ ।

प्रतिक्रिया