के को प्रेस स्वतन्त्रता ? प्रेसको भेषमा विदेशी एजेण्टबाट स्वतन्त्र गर देशलाई !

अस्मिता बेल्बासे
  • स्वागत नेपाल (वरिष्ठ अधिवक्ता)

काठमाडौं,  ‘प्रेस स्वतन्त्रता दिवसको नाटक बन्द गर ! म पनि २०४८ देखि नै सञ्चारकर्ममा छु, तर विदेशी एजेण्ट सञ्चारमाध्यमको जासुसी अन्त्य चाहन्छु । जनतालाई माया गर्ने लोकतान्त्रिक, जनवादी, राष्ट्रवादी जनताबाट जन्मेको तानाशाहको विकासवादी शासन चाहन्छु ! जनता झुक्याउने सामन्ती, ठालूवादी, दलालपूँजीवादी देखावटी प्रेस स्वतन्त्रता होइन !!!’

‘साँच्चै प्रेस स्वतन्त्रता दिवस मनाउने हो भने सबै पार्टीका स्वतन्त्र पत्रकारूहरु आजै पार्टी परित्याग गर ! लेखकहरु अमलेख (मुक्त) गर आफूलाई पार्टीका दासबाट ! नेपालका सञ्चार माध्यममा अरु देशको राष्ट्रिय दिवसको शुभकामना विज्ञापन पूरा-पूरा पेज प्रकाशन/प्रवाह गरेर नेपाली जनतालाई हामी तिनको प्रान्त हो भन्ने सन्देश नदेऊ !’

त्यस्ता विदेशीबाट सञ्चालित ‘सञ्चार माध्यमलाई तुरुन्त बन्द गरौँ कि त्यस्ता विज्ञापन बन्द गरौँ !विदेशीको स्वाधीनता दिवसलाई आफ्नै स्वतन्त्रता दिवस जस्तो छापेर विदेशीको पैसा आफ्नै देशलाई जानकारी नदिई खाने पत्रकारहरु संसारमै नेपालका मात्र हुन् !’ अरु देशले बढीमा दौत्य सम्बन्धको मात्र संयुक्त रुपमा देशका तर्फबाट प्रकाशित गर्छन् ।

‘इण्डियन गीतसंगीत फिल्म पूर्णरुपमा बन्द गरौँ ! यो ९ वर्षमा १० जना श्रमजिवी पत्रकार गानोगोला चर्किएर मरिसके समयमा खान समेत नपाएर !’ तर, तिनको ०४८ सालदेखि अहिलेसम्मको तलब कति छ, मालिक पत्रकार र सम्पादक तहकाको छोडेर ?

‘त्यो पनि ६ महिनासम्म पनि पाएका हुँदैनन् !’ तिनका विदेशी एजेण्ट मिडिया मालिकका नियमित सञ्चार माध्यम र भवन थपिएका थपियै छन् । ‘संसारमा नेपाल मात्र यस्तो देश हो जुन देशमा आएका राजदूत हाम्रो देशको परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई मुस्तांगमा पुगेर विद्यालय उद्घाटन गर्छन्, सप्तरीमा पुगेर एम्बुलेन्स बाँढ्छन् ! हाम्रा सञ्चार माध्यम हाम्रो देशको सरकारको अनुमति लिएर आयौ कि नलिई भनेर सोध्दैनन् !’ खुरुखुरु पछि लागेर समाचार बनाउँछन् ।

हाम्रा देशका राजदूत अरु देशमा यस्तो गर्न पाउँदैनन् । पत्रकारले पनि यस्ता समाचार व्ल्याक् आउट गर्छन् । ‘नेपालका सञ्चार माध्यममा नेपालीको समयमाथि विजनेस गर्ने, नेपालीलाई लक्षित गरेर बनाइने विज्ञापनमा विदेशी कलाकार, विदेशीहरु नेपाली भाषामा डबिंग गरेर नेपाली सञ्चार माध्यममा प्रस्तुत गर्छन्, त्यो बन्द गर !’ त्यसमा बजार प्रत्येक वर्ष १६ अर्बको छ ।

त्यसरी नेपाली बजारको नेपाली कलाकार, निर्देशक, गायक, एडिटर, स्क्रिप्ट राइटर, मोडेलले पाउनु पर्ने १६ अर्व रुपियाँ प्रत्येक वर्ष इण्डिया गएको गयै छ । त्यो रोक भनेर हामीले सरकारलाई लेखेर दिएको १० वर्ष हुन लागिसक्यो । हामीले पहिलो पटकको संविधान सभामै यस्ता विषयलाई समेटन संसदको समेत भूमिकामा रहेको विधायिकामा लिखित रुपमै माग प्र्रस्तुत गरेका थियौँ ।

हामीलाई च्यानल हेरेको पनि शुल्क लिने र हाम्रै समयमाथि विजनेस गरेर हामीले पैसा तिरेको किनेको समयमा विदेशी च्यानलले विज्ञापन देखाउने विज्ञापन गरेर उल्टै हामीसँग पैसा लिने यो क्रम अन्त्य गरेर विश्वमा आएको नयाँ अवधारणा अनुसार विज्ञापन देखाउने हो भने च्यानल निशुल्क हेर्न पाउनु पर्ने ।

च्यानल जोडेको शुल्क लिने हो भने विज्ञापनरहित हेर्न पाउनु पर्ने ‘फ्रि टु एअर’को अवधारणा लागू गर्न पनि हामीले उतिबेलै माग राखेका थियौँ । यहाँ भएको तस्वीर त्यही संविधान सभामा माग राख्दै गरेको तस्वीर हो । अझै पनि ती मागहरु जारी छन् । देशविरोधी सञ्चार माध्यम नै छन् । पहिला तिनबाट मुक्त गर्नुपर्छ देशलाई । यो परलोकतन्त्रवादी प्रेसबाटै देशलाई स्वतन्त्र गर्नुपर्छ ।

यस्ता सञ्चार माध्यममार्फत नै विदेशीसँग मिल्ने विदेशीका एजेण्ट समेत ९ जनालाई नेपालबाट पञ्चायतकालमा देश निकाला गरिएको रेकर्ड छ । ‘म चाहन्छु कुनै कुल वंशको होइन जनताको लागि जनताको वीचबाट एक यस्तो निरंकुश राष्ट्रवादी, लोसे लोकतान्त्रिक होइन, तगडा तानाशाह तर जनवादी, उन्नत लोकतान्त्रिक, प्रत्यक्ष प्रजातान्त्रिक शासन चाहिएको छ मुलुकमा !!!’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू