के तपाई आफ्नो खल्तीमा सुक्को नभएर तनाबमा हुनहुन्छ, त्यसो भए यो अबश्य पढ्नुहोस्…

मनिषा थापा

एकपटक रुसी लेखक टल्सटोयसामु एक युवक आए र भने, ‘महाशय, तपाईं मलाई सहायता गर्नुस् । म धेरै चिन्तित छु । मसँग यतिवेला फुटेको कौडी पनि छैन ।’ टल्सटोयले उनको समस्या सुनेपछि गम्भीर हुँदै भने, ‘तिमी चिन्ता नलेऊ युवक, मेरो एउटा निकै मिल्ने साथी व्यापारी छ ।

उसले तिमीलाई पक्कै सहयोग गर्नेछ । ऊ मानिसको आँखा किन्ने गर्छ । तिम्रो आँखाको मूल्य उसले २० हजार दिनेछ, आफ्ना आँखा बेचिहाल र राम्रो पैसा कमाऊ ।

‘हैन, म आफ्नो आँखा बेच्न सक्दिनँ,’ सो युवकले डराउँदै भन्यो । टल्सटोयले उस्तै गम्भीर स्वरमा फेरि भने, ‘आँखा नबेच्ने भए पनि केही छैन । उसले हात पनि किन्छ । तिम्रो हातको मूल्य उसले १५ हजार त अवश्यै दिनेछ ।’

उनको भनाइ सुनेपछि सो युवकले डराउँदै टाउको अस्वीकृतिमा हल्लायो र अलि आवेशमा आउँदै भन्यो, ‘अहँ, मलाई तपाईंबाट यस्तो जवाफको आशा थिएन । मैले त तपाईंबाट निकै ठूलो सहयोगको अपेक्षा गरेर पो आएको थिएँ ।’

त्यो युवक रिसाएको देखेर पनि विचलित नभई टल्सटोयले भने, ‘मलाई तिम्रो समस्याको अनुभूति छ, यसैले म भन्दै छु तिम्रो लागि यस्तो सौदा धेरै राम्रो हुनेछ ।

यदि तिमीलाई सम्पन्न बन्नु छ भने एक लाख रुपैयाँ लिएर आफ्नो सारा शरीर बेचिदेऊ । सधैँका लागि समस्याबाट छुट्कारा मिल्नेछ ।’

‘एक लाख त के म एक करोडमा पनि आफ्नो अमूल्य शरीर बेच्दिनँ,’ सो युवकले चिच्याउँदै भन्यो ।टल्सटोयले मुस्कुराउँदै भने, ‘जुन मानिसले आफ्नो शरीर एक करोडमा पनि बेच्न सक्दैन, त्यो मानिस आफूसँग केही छैन भन्दै छ ।

यो सम्पूर्ण शरीर नै त हो हाम्रो सम्पत्ति । इमानदारीपूर्वक मिहिनेत गर । सुनचाँदी त के चन्द्रसूर्य नै तिम्रो हातमा आउन सक्छ ।’त्यो युवकले बल्ल टल्सटोयको भनाइको रहस्य बुझ्यो र भन्यो, ‘म तपाईंप्रति आभारी छु । आज तपाईंले मेरा आँखा खोलिदिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू