१६ वटा बाँदरको एकै चिहान, यसो भन्छन स्थानीयबासी

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय आत्माहत्याको घटनाहरु बढ्दै गईरहेका छन्। मानिसले मात्र हैन बाँदरले पनि आत्माहात्या गरेको समाचार बाहिरिएको छ। सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका–१३ महादेबथान छेउको खेतमा रहेको पोखरीमा साउन २० गरेको दिन बिहान बाँदरले हामफालेर मरेका छन्।

सुन्दा अचम्म लाग्ने बाँदरले सामुहिक आत्महत्या गरेको खबर बाहिरिएपछि उक्त घटनाबारे सामाजिक संजालभर नै धेरैले आ-आफ्नो तर्क राखेका छन्। कोहिले बाँदरले सामुहिक आत्माहत्या गरे भनेर अड्कल काटेका छन्, कोहिले पोखरीमा बादरलाई करेन्ट लागेको हुनुपर्ने अनुमान गरेका छन् त कोहिले जनावरले आफै आत्माहत्या गर्न नसक्ने तर्क दिए। तर घटनाको बास्तविकता भने पत्ता लाग्न सकेको छैन।

स्थानीय बासिन्दा नेत्र बहादुर दुलालले खबर पाएपछि घटना घटेको बेलुकी उक्त पोखरीमा हेर्न गए। त्यतिखेर १६ वटा बाँदरको शव पानीमा तैरिरहेको उनले देखे। उनले एउटा बाँदर पोखरीमा परेर अरु बाँदर बचाउन हामफालेको हुन् सक्ने अनुमान लगाएका छन्। दुलाल र अरु स्थानीयले दुई दिनसम्म सम्बन्धित निकायलाई पर्खिए तर कोहि आएन। शवले दुर्गन्ध फैलिने डरले उनीसहित् ३ जना मिलेर शवलाई नजिकै गाडेका हुन्।

भुकम्प अघि उक्त ठाउँमा बाँदर नदेखिएको उनले बताए। यसरी बाँदरले सामूहिक रुपमा हाम फालेको कुरा पहिलोपटक सुनेको उनले बताए। उनले आत्माहत्याको अफवाह खबर फैलाएको गुनासो गरेका छन्।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू