कोठा भाडामा लिन र दिन सजिलो मोबाइल एप ‘रेन्टास्टिक’ सार्वजनिक

admin

काठमाडौं, माघ १४ : घर/कोठा भाडामा लिन र दिन सजिलो मोबाइल एप ‘रेन्टास्टिक’ सार्वजनिक भएको छ। सूचना प्रविधिमा सक्रिय युवा सरद चन्दले उक्त मोबाइल एप्लिकेशन निर्माण गरेका हुन्। प्लेस्टोरमा गएर रेन्टास्टिक एप डाउनलोड गर्न सकिन्छ।

यो एपले पहिलो चरणमा काठमाडौंमा कोठा तथा फ्लाट खोज्न मद्दत गर्नेछ। साथै विचौलीयाहरुको ठगीबाट आम नगरिक मुक्त हुने बताइएको छ। ‘मैले काठमाडौंमा कोठा खोज्न धेरै दुःख पाए। फेसबुक ग्रुपमा आफूले कोठा खाजिरहँदा म जस्तै अरु मान्छेहरु पनि कोठा वा फ्ल्याट खोज्न अफ्ठ्यारोमा परेको थाहा पाए’, त्यसैले यो एपको निर्माण गरेको हुँ,’ उनले भने।

सो एपबाट आफूलाई मन परेको र आवश्यकता भएको स्थान वा घर फिल्टर गरी खोज्न सकिनेछ।घरको ठेगाना, मासिक भाडा, कोठा वा फ्ल्याटको साइजअनुसार खोज्न सकिने गरी एपमा व्यवस्था गरिएको छ।

घरमुली र कोठा खोज्नेकोबीच कुराकानी र जानकारी आदनप्रदान गर्न एपबाट सजिलै हुनेसक्ने उनको अनुमान छ। यो एपमा घरधनीहरुले पनि आफ्नो घरको कोठा भाडामा छ भनेर विज्ञापन पोष्ट गर्न सक्नेछन्।

प्रतिक्रिया