कोभिड अस्पतालको आइसीयूमै आगलागी, ३ जनाको मृ’त्यु

admin

काठमाडौं, २८ चैत : भारतको नागपुरस्थित एक कोभिड अस्पतालको आइसीयूमा आगलागी हुँदा ३ जनाको मृ’त्यु भएको छ। एक महिलासहित दुई जनाको निसासिएर र जलेर मृ’त्यु भएको हो।

कोरोना भाइरसको संक्रमणको मार झेलिरहेको भारतको नागपुरको वाडी क्षेत्रस्थित वेल ट्रीट कोभिड अस्पतालको आइसीयूमा आगलागी भएको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन्‌। आगलागी भएपछि त्यहाँका बिरामीहरूलाई अर्को अस्पतालमा सारिएको छ। आगलागी भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।

उक्त अस्पतालबाट करिव २७ जनालाई निकाल्न सफल भएको पनि समाचारहरूमा उल्लेख गरिएको छ। उनीहरूको अवस्थाबारे अहिले केही बताउन नसकिने उद्धारकर्ता र चिकित्सकहरूको भनाइ छ।

आगलागीको कारण पत्ता लाग्न नसकेको,तर एयर कन्डिसनबाट आगो लाग्न थालेको देखिएको बताइएको छ। यसैबीच, नागपुरमा पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। भारतमा यतिखेर कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिइरहेको छ।

प्रतिक्रिया