कोभिड १९ लाई लक्षित गर्दै मेयर- जनप्रतिनिधि प्रति युवाद्वारा ध्यानाकाषर्ण

admin
  • रबिन्द्र रोकाया, बाजुरा

प्रिय मेयर सायब लगायत सबै जनप्रतिनिधि ज्यू, बुढिनन्दानगरपालिकाको कार्यलय बुढिनन्दा नगरपालिका बाजुरा, तपाईंहरु सबै कोभिड-१९ मा आफ्नो आफ्नो स्थान र ठाउँमा आरामै हुनुहुन्छ होला ?

सक्ने जति सम्पूर्ण मानव जाति र विशेष गरि बुढिनन्दा नगरपालिका भित्रका देश तथा स्वदेश छन् त्यँही रहको आफ्ना जनताका विषयमा जानकारी नै हुनुहुन्छ होला, नभए पनि रहन्नु होला भन्ने अनुरोध गर्न चाहान्छु । भनिन्छ राजनीतिक नै जनहितका लागि गरिन्छ, त्यसैले नै जनताको मतबाट निर्वाचित हुनुभएको भएर तपाईंलाई जनप्रतिनिधि भन्ने गरेका हुनुपर्छ ।

नेपालको संविधान २०७२ को स्थानिय सरकार व्यवस्था अनुसार सबै भन्दा जनताको नजिकैको सरकार स्थानीय सरकार हो र यसले नै जनतासँग प्रत्येक्ष सरोकार राख्ने गर्छ र राख्छ पनि सबै भन्दा बलियो सरकार पनि तपाईंहरुले प्रतिनिधित्व गरेको सरकार हो । तर के तपाईंहरुले नेतृत्व गरेको सरकार संविधानको यो मर्म र जनताको चाहाना अनुसार छ त ?

तपाईंलाई आफ्नो जीवन को अमुल्य मत दिने तपाईं मतदाता कोँही देशका प्रमख शहरमा भोक र सोक संग तडिपिएका छन् त कोही विदेशी भूमीमा तड्पिएका छन् तपाईंलाई जानकारी हुन्न पर्ने हो ।

तपाईंको सेवासुविधा र तपाईं छुट्याउने र खेल्न पाउने बजेट पनि तिनै विदेशमा रहेका दाजुभाइको केही अंश हो र तपाईंलाई सत मार्ग र बाटो दिन भोलिको बुढिनन्दाको अनुहार निमार्ण गर्न संघर्ष गरिरेहेका तिनै काठमाडौं धनगढी नेपालगन्ज लगायत का अन्य शहरमा अध्यारत विद्यार्थीहरुको भविष्य सुरक्षित गर्नु तपाईं कर्तव्य हो कि हैन ? तपाईंहरु तिनका लागि के पहल गर्नु भयो ?

आज तिनका परिवार जनले तपाईंलाई जनमत दिएर यतिबेला के महसुस गर्दैछन् । जानकारीमा राख्नुहोस् हिजो चुनावका बेला बाड्या जाड रक्सि र आशसन भन्दा अहिले काम गर्नु निकै कठिन्न छ त्यो ती जनतालाई नि जानकारीमा छ तर, मलम लाउने असल जनप्रतिनिधि ले केही गर्ने भन्ने कै आफ्नो जनता लाई पिर पर्दा हो ?

तपाईंहरु आन्तरिक कुरा बाड्फाड गर्ने र त्यसलाई आफ्नो भागमा पार्न अमलिन्नु भन्दा केही गर्नु होस् ? कोभिड- १९ ले यहाँ छौ त्यहि सुरक्षित हौं भन्छ यसको यश संग सामना गर्ने उपयुक्त उपाए नि यही हो तर तपाईंहरु यो दिसामा के गर्नु भयो ? सरकारले दिएको एउटो माफदण्ड भन्दा माथि गएर सोच्ने नि केही बुद्धि तपाईंहरुमा छ कि छैन ?

सरकारले दिएको राहतको माफदण्डमा पनि भोलि यहाँका जनताहरु हिसाब किताब राख्ने नै छन् । यहाँ बुझिन्छ कि सरकारले खर्च गर्न दिएको माफदण्डमा पनि व्यापक हिनामिना भएको सामान्य गन्ध त नआएको पनि त हैन ।

तर पनि तपाईंहरु अझै केही गर्ने थुप्रै ठाउँ हरु छन ती काम गर्ने ठाउमा तपाईं र तपाईंको सरकार नचुकोस् ? काठमाडौं लगायतका सहरमा धेरै विद्यार्थी र तपाईं नगरबासिहरु तपाईंहरु राहत प्याकेजको बेग्र पतिक्ष्यामा छन् ? तीन को चाडैं समस्या समाधान गर्न तिर लाग्नुहोस ?

अर्का तिर हाम्रो आफ्नो र देशकै आम्दानिको मुख्य स्रोत भन्नेकै विदेशमा रहेका नगरबासि दाजु भाइ दिदी बहिनिहरु हुन्न ती र तिनको घरपरिवार पनि के दशा र के मनोविज्ञानको गुर्जिरहेका छन् ।तिनको समस्या तिर तपाईं हरु ध्यान दिनै पर्ने देखिन्छ ।

अर्का तिर हाम्रो आफ्नो स्थानीय उत्पादन पनि कहि सडेको र कहि त्यही कुरा खान नपाउने जस्तो कि कोल्टि बजार र अलि आसपासमा तरकारी र नगेद बालि (तरकारी फलफुल) खाननपाहिने अलि माथि तिर त्यही चिज सड्ने र भात रोटि खान्न नपाउने अवस्था छ यिनको नि उचित व्यवस्थापन गर्न तपाईंको पहल र योजना नि चाडैं आउन आवश्यक अझै भएन कि ? सेफ जीवन जो जहाँ छौ त्यहि रहौं ।।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू