कोभ्याक्स सुविधाको खोप आपूर्ति, छ लाख डोज खोप घाना पुग्यो

admin

काठमाडौं, १२ फागुन : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभ्याक्स सुविधाको खोप आपूर्ति थालेको छ । डब्ल्यूएचओले गरिब देशहरूलाई कोरोना भाइरसविरुद्धको खोपमा पहुँच उपलब्ध गराउन स्थापना गरेको कोभाक्स सुविधाअन्तर्गत खोप आपूर्ति सुरु गरेको हो । डब्ल्यूएचओले बुधबार घानामा खोप पुर्‍याएको समाचार संस्था एएफपीले जनाएको छ ।

अफ्रिकी देश घानालाई डब्ल्यूएचओले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोपको ६ लाख डोज उपलब्ध गराएको हो । डब्ल्यूएचओले गरिब देशहरूलाई कोभिड-१९ खोपमा पहुँच उपलब्ध गराउन कोभाक्स स्थापना गरेको छ ।

यो खोप मुम्बईबाट घाना पठाइएको हो । कोभाक्स सुविधाअन्तर्गत सन् २०२१ को अन्त्यसम्ममा विश्वभर कोरोनाविरुद्धको खोपको दुई अर्ब डोज उपलब्ध गराउने डब्ल्यूएचओले जनाएको छ ।

प्रतिक्रिया