कोरनाबाट बचाउन रोनाल्डोले आफ्नै होटललाई बनाए अस्पताल

admin

काठमाडौं, २ चैत : पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पताल बनाउने भएका छन् ।

पोर्चुगलमा समेत कोरोनाको सङ्क्रमण बढ्न थालेपछि रोनाल्डोले विरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा बनाउन लागेको बताइएको छ ।

समाचारमा जनाइए अनुसार रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पेस्टाना सीआर-७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेका हुन् ।

उक्त अस्पतालमा सङ्क्रमित बिरामीको निस्शुल्क उपचार गरिने बताइएको छ । रोनाल्डोले विरामीको उपचार, औ’षधी, बस्ने र खाने सबै खर्च निस्शुल्क गर्न लागेका हुन् ।

रोनाल्डोले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गर्न लागेका हुन् । त्यस्तै रोनाल्डोले नै उपचारमा सम्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि व्यक्तिगत गर्ने बताइएको छ ।

इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना संक्रमण भएको भनिए पनि पछि कोरोना नभएको पुष्टि भएको छ । रोनाल्डोको यस कार्यको अहिले विश्वभर तारिफ भइरहेको छ ।

पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई कोरोना सङ्क्रमित भएको पृष्टि भएपनि अहिले सम्म कसेको ज्यान नगएको बताइएको छ ।

प्रतिक्रिया