कोरियाबाट नेपाल फर्केर ट्राउट माछा पालन, महिनामा १ लाख सम्म आम्दानी [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएपिखबर, भक्तपुर। पनौती नगरपालिका–१ रयाले मानेदोभानका सुरज तामाङले ट्राउट माछापालन गरी मनग्य आम्दानी गर्दै आएका छन्। कोरियाकोवैदेशिक रोजगारीबाट फर्के पछी उनले अब के गर्ने त भनेर सोचिरहे। आफ्नै घर नजिकैको सहकारीले माछा पालन गरेको ठाउँ कसैलाई सुम्पिने प्रस्ताव आए पछि माछा पालन नै किन नगर्ने त भनेर उनी यहि पेसा तिर लागे।

एक दशक अघि तामाङ गाउँकै मानेदोभान बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित ट्राउट माछापालनमा काम गर्थे। अहिले तामाङ आफैँले सहकारी संस्थालाई वार्षिकरूपमा रकम बुझाउने गरी माछापालन गरिरहेका छन्। “यहाँ काम गर्न सकेमा विदेशको जतिकै कमाउन सकिन्छ,” उनले भ। अहिले हप्तामा ७० देखि ८० किलोसम्म माछा बिक्री हुन्छ । बाह्रैमास माछा उत्पादन तथा बिक्री हुनेगरेको छ । “मासिक रु चार लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुन्छ,” उनले थपे।

उनले मलेसियामा दुई वर्ष तथा कोरियामा झण्डै पाँच वर्ष काम गरे। अहिले नेपालमा नै गरे केहि हुदो रहेछ भनेर सबै युथको लागि उदाहरण बनेका छन्। उनले हाल गाउँमै होटल व्यवसाय समेत सञ्चालन गरेका छन्। माछा बिक्री गर्न होटल सञ्चालन गरेको उनले बताए। “माछा होटलमै पकाएर खानेको सङ्ख्या बढ्दै गएको छ”, उनले भने । माछा प्रतिकिलो रु एक हजार ३०० का दरले बिक्री हुन्छ ।

उनी एक्लो छैनन्। सो काममा उनका दाजुले सघाउँदै आएका छन् । “वार्षिक साढे दुई टन माछा उत्पादन हुन्छ,” उनले भने, “झण्डै पाँच टनको माग आउँछ, यहाँको उत्पादनले पाँच महीना धान्छ ।” छ वटा भन्दा बढी पोखरीमा उनले माछा पालन गरेका छन्।

यहाँको उत्पादन काठमाडौंमा समेत बिक्री हुने गरेको छ । माछाका भुरा नुवाकोट, मेलम्ची र ललितपुरको ठोस्ने खोलाबाट ल्याउने गरेको उनले बताए। माछाको एउटा भुराको मूल्य रु १५ देखि रु २० पर्छ । मानेदोभान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्यामहरि सापकोटा संस्थालाई तामाङले वार्षिक रु दुई लाख ८० हजार बुझाउने गरेको बताए। यद्दपि उनलाई यो व्यसायमा घाटा भने बेहोर्नु परेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू