कोरोनाका कारण दिल्लीमा आईपीएलको खेल नहुने घोषणा

admin

काठमाडौं, ३० फागुन : दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले  दिल्लीमा कुनै किसिमका खेल गतिविधि आयोजना नहुने घोषणा गरेका छन् ।

उपमुख्यमन्त्री सिसोदियाले शुक्रबार दिल्लीमा कुनै किसिमका खेल गतिविधि आयोजना नहुने घोषणा गरेसँगै भने, ‘हामीहरुले दिल्लीमा कुनै किसिमका खेलको आयोजनामा प्रतिबन्ध लगाउने घोषणा गरेका छौँ, जसमा धेरै सङ्ख्यामा मानिसहरु जम्मा हुन्छन्, जस्तै आईपीएल ।’

खाली स्टेडियममा आईपीएल गर्न मिल्छ भन्ने प्रश्नमा उपमुख्यमन्त्री सिसोदियाले भने, ‘हामीले मानिसहरुको भिड रोकेका हौँ, यदि आईपीएलमा आयोजक कुनै नयाँ फर्म्याटमा आउँछ भने त्यसमा केही विचार गर्न सकिन्छ ।

कोरोनाको त्रासलाई मध्यनजर गर्दै दिल्ली सरकारले राजधानीमा हुने इण्डियन प्रिमियर लिग (आईपीएल) को प्रतियोगिता आयोजना गर्न प्रतिबन्ध लगाएको हो ।

आईपीएलअन्तर्गत दिल्लीमा आईपीएलको पहिलो खेल ३० मार्चमा हुने तय भएको छ । कोरोनाको प्रकोप रहेसम्म खेलसँग सम्बन्धित अन्य कुनै गतिविधि हुने छैन ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस (कोभिड-१९) लाई महामारी घोषणा गरेपछि विश्वका धेरै देशले सतर्कता अपनाएका छन् ।

प्रतिक्रिया