‘कोरोनाको दोस्रो लहर आउनुमा भारतीय भेरियन्ट मुख्य कारक, विश्वव्यापी चिन्ताको विषय’

admin

एजेन्सी, २८ बैशाख : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको भारतीय भेरियन्टले विश्वव्यापी चिन्ता थपेको बताएको छ । प्रारम्भिक अनुसन्धानमा भारतीय भेरियन्ट बी–१६१७ अरु भेरियन्ट भन्दा तीव्र गतिमा फैलने देखिएको र यो विश्वकै लागि चिन्ताको विषय भएको बताएको बीबीसीले जनाएको छ ।

भारतीय भेरियन्ट अहिले ३० भन्दा धेरै देशहरुमा फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा भेटिएका कोरोना भाइरसका म्युटेन्ट भेरियन्टहरुलाई पनि विश्वव्यापी चिन्ताको भेरियन्ट बताइसकेको छ । भारतमा कोरोनाको दोस्रो लहर आउनुमा भारतीय भेरियन्ट मुख्य कारक रहेको भारत सरकारले पनि बताइसकेको छ ।

भारतमा कोरोना संक्रमण पुष्टि र मृत्युदर दुवै बढी हुँदा स्वास्थ्य प्रणालीमै समस्या देखिएको छ ।डब्ल्यूएचओले अहिले उपलब्ध भएका खोपहरु भारतीय भेरियन्टको विरुद्धमा प्रभावकारी हुने पनि बताएको छ । बीबीसीले जनाएअनुसार डब्ल्यूएचओका अधिकारीहरुले अहिलेसम्म पाइएका प्रमाणका अनधारमा भारतीय भेरियन्टको असर कम गर्न उपलब्ध खोपहरु प्रभावकारी रहेका बताएका छन् ।

प्रतिक्रिया