कोरोनाको नयाँ भेरियन्ट : सीमामा कडाइ गर्न संसदीय समितिको निर्देशन

admin

काठमाडौँ, मंसिर १९ : प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले नेपाल प्रवेश गर्ने नाकामा खोप कार्ड र कोरोना परीक्षण गरेरमात्रै आवतजावतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले भारतमा कोरोनाको नयाँ भेरियन्ट भित्रिएको भन्दै नेपालमा भारतबाट आवतजावतका बेला आवश्यक सतर्कता अपनाउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकले नयाँ भेरियन्ट ओमिक्रोन रोकथाममा आवश्यक तयारी अहिलेदेखि नै सुरु गर्न पनि निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिनुभयो ।

त्यस्तै उहाले कोरोनाको खोप सवै नागरिकसम्म पु¥याउने गरि व्यवस्था गर्न पनि निर्देशन दिएको बताउनुभयो ।

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाबिरुद्धको बुस्टर डोज दिने तयारी भइरहेको जानकारी दिनुभयो । यस बिषयमा मन्त्रालयमा छलफल भइसकेको र आगामी मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने उहाले बताउनुभयो ।

उहाले नेपालमा अव कोरोनाबिरुद्धको प्रयाप्त खोप रहेपनि लक्षित समूह खोप लगाउन नआएका कारण अव नयाँ व्यवस्था गरि सवै नागरिकलाइ खोप लगाउने जानकारी दिनुभयो ।

प्रतिक्रिया