कोरोनाको प्रभाव, मानिसले मासु खान छाडेपछि धमाधम कुखुरा मार्दै व्यवसायी

admin

काठमाडौं, १६ चैत : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर कुखुरा कृषकमा प्रत्यक्ष रुपमा देखिएको छ । कुखुरालाई पालिरहन खर्चले नसक्ने अवस्थामा दाना पनि पाइन छाडेपछि किसानले कुखुरा मार्न थालेका हुन् ।

कुखुरा पालन व्यवसाय गर्दै जीविकोपार्जन गरेका कृषकहरुले दानाको समस्या, कुखुरा बजारसम्म लैजाने अवस्था नभएको र स्थानीय मानिसले समेत मासु खान छाडेपछि धमााधम कुखुरालाई खाल्डोमा पुर्न थालेका छन् ।

विभिन्न ठाउँहरु लगायत पश्चिम पाल्पामा पनि ठूलो संख्यामा कुखुरा पालेका किसानले बिक्री गर्न तयार भएका कुखुरा यही समस्याले गर्दा मार्न बाध्य भएका छन् । कुखुरा बजारसम्म लैजाने अवस्था नभएको र स्थानीय मानिसले समेत मासु खान छाडेपछि कुखुरा मार्न बाध्य भएको किसानहरूले बताएका छन्।  

पाल्पाका व्यवसायीले दुई दिनमा ६ हजार कुखुरा मारेर खाल्डोमा पुरेको बताउदै भने ‘२ किलोदेखि ४ किलोसम्मका कुखुरा थिए, दिनको १२ बोरा दाना चाहिन्छ । केही स्टक थियो। त्यो पनि सकियो । कतैबाट ल्याउन पाइँदैन, मासु खाने कोही छैनन विक्री भएन त्यसैले गर्दा , ‘हुर्किसकेका मार्नु परेको हो।’

 झण्डै १५ लाख बराबरको नोक्सान भएको पाल्पाका व्यवसायीले बताएका छन् । दाना र बजारको अभाव हुँदा खोरमा भएका सबै कुखुरा मार्न बाध्य भएको बताएका छन् ।

प्रतिक्रिया