कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो, थप एक हजार पाँच सय ११ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ३१ भदौ : नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको छ । बितेको २४ घण्टामा ११ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टामा एक हजार पाँच सय ११ जनामा कोराना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार एक सय ७९ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ९ दशमलव ९५ प्रतिशतमा संक्रमण देखिएको छ ।

योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ७० हजार एक सय ७६ पुगेको छ । यही अवधिमा एक हजार ६ सय ८९ जना संक्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको संख्या सात लाख ४५ हजार दुई सय १५ पुगेको छ । अहिले नेपालमा २५ हजार सात सय ७२ जना सक्रिय संक्रमित रहेकामा चार सय सात जनाको आईसीयू र एक सय २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया