कोरोनाबाट थप १४ जनाको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३६ पुग्यो

तुलसी नेपाल

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप १४ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा ११ पुरुष र तीन महिला छन् । सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाण्डौमा ७६ वर्षीया महिला तथा ५१ र ५४ वर्षीय पुरुष, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गाेरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष र रुपन्देहीका ४० र ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया