कोरोनामुक्त भएका पारस खड्का भन्छन्, ‘२०२१ का लागि तयार छु’

admin

काठमाडौं, २१ पुस : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोनामुक्त भएका छन् । कोरोना संक्रमित भएको २५ दिनपछि आफू निको भएको पारसले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

यसबीचमा धेरै पटक पीसीआर परीक्षण गरिएको उनले बताएका छन् । पारसले आफ्ना समर्थक, प्रशंसक, परिवार, साथी, डाक्टर र आफ्ना पत्नीलाई पनि धन्यवाद भनेका छन् । साथै उनले आफू सन् २०२१ का लागि तयार भएको बताएका छन् ।

प्रतिक्रिया