कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज पूर्वरानी कोमल

admin

काठमाडौं, ३१ बैशाख : पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छिन् । नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएको २१ दिनपछि उनले कोरोनालाई जितेर डिस्चार्ज भएकी हुन् । उनीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएर घर फर्केको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

कोरोना संक्रमण भएर पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र परिवारका अरू सदस्यसमेत अस्पताल भर्ना भएका थिए । कोमलको अक्सिजन निरन्तर घटेपछि उनलाई आईसीयूमा राखेर प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।

भारतको हरिद्वारमा कुम्भमेलामा सहभागी भएर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसहित परिवारका अरू सदस्यमा कोरोना संक्रमण पुष्टि भएको थियो । पूर्वराजा शाह भने बुधबार नै डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया