कोरोनाविरुद्ध कमलामाईले छर्किन थाल्यो कीटनाशक औषधि

राष्ट्रिय समाचार समिति

सिन्धुली, १५ चैत : कमलामाई नगरपालिकाले आज बजार क्षेत्रमा कोभिड–१९ विरुद्ध कीटनाशक औषधि छरेको छ । नगर प्रमुख खड्गबहादुर खत्रीले २ नं बजारबाट कीटनाशक औषधि छर्न शुरु गर्नु भएको थियो ।

गैरी बजार, १ नं. बजार, स्टल बजार तथा धुरा बजारमा उक्त औषधि छर्कने योजना रहेको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो । सडक र छेउछाउमा रहेका घरका भित्तामा पनि कीटनाशक औषधि छर्किएको छ ।नगरवासीमा खाद्यान्न लगायत अत्यन्तै आवश्यक पर्ने वस्तुको अभाव हुन नदिने गरी पनि योजना बनाइएको उहाँले बताउनुभयो ।

नगरपालिकाले घरघरमै पुग्ने गरी घुम्ति पसल सेवा शुरु गर्ने निर्णय गरी सेवा शुुरु गरेको छ । नगरपालिकाका प्रमुख खत्रीको अध्यक्षतामा आज बिहान सिन्धुलीमाढीमा बसेको सर्वपक्षीय बैठकले सेवा दिने निर्णय गरेको थियो । पसलको व्यवस्थापनको जिम्मा सिन्धुली उद्योग वाणिज्य संघलाई दिइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया