कोरोनाविरुद्ध भ्याक्सिन विकासका लागि चीनले तीन देशमा एक अर्ब डलरको लगानी गर्ने

admin

एजेन्सी, ९ साउन : चीनले ल्याटिन अमेरिका र क्यारिबीयनलाई कोरोनाविरुद्धको भ्यक्सिनमा विकासका लागि एक अर्ब डलरको लगानी अथवा ऋण दिने भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार त्रीपक्षीय भर्चुअल कन्फेरेन्समार्फत ल्याटिन अमेरिका र क्यारिबीयनलाई सहयोग वापत रकम प्रदान गर्ने बताएका हुन् ।

भ्याक्सिनको विकास उक्त क्षेत्रमा आवश्यक रहेको र आम नागरिकमा भ्याक्सिन पहुँच गर्न उक्त निर्णय भएको चिनियाँ विदेश मन्त्रीले बताए । चीनको उक्त सहयोग प्रति मेक्सिकन राष्ट्रपति एन्ड्रिस मैन्युएल लोपेज ओब्राडोरले धन्यवाद व्यक्त गरेको छन् ।

महामारी सुरु भएपश्चात चीनले उक्त क्षेत्रहरुमा अत्यधिक मात्रा अत्यावश्यक सामाग्री प्रदान गरेको र यसपटक भ्यक्सिन विकासमा सहयोग अतुलनिय रहेको राष्ट्रपतिले धन्यवाद दिएका हुन् ।

त्रीपक्षीय भर्चुअल वार्तामा प्रत्येक विपद् अवस्थामा चीनको सहयोगले सदैव महत्वपूर्ण भूमिका खेल्ने र आम नागरिकको हकहितलाई सुनिश्चित गर्न चीनले सक्दो सहयोग गर्ने विषय चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

ल्याटिन अमेरिकामा अन्तिम मे महिनामा महामारीको एपिसेन्टर बनेको थियो । ब्राजील यस महामारीको अत्यधिक चपेटमा परेको छ । मृत्यु र संक्रमितको संख्या अत्यधिक रहेको छ ।

चिनियाँ कम्पनी सिनोभ्याकले आफ्नो तेस्रो चरणको परिक्षणलाई तीव्रता दिएको छ । साथै एस्ट्रेजेनेका र अक्सफोर्डले समेत आफ्नो परिक्षणलाई अन्तिम चरणमा सफता पूर्वक लगेको छ ।

महामारीले चीन र अमेरिकाबीचको द्वन्द्वलाई झन् भयावह बनाउँदै गएको छ । अमेरिकी राष्ट्रपतिले निरन्तर रुपमा कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्दै आएकोमा दुवै देशबीच तनाव अत्याधिक बढेको देखिन्छ । तनाव पश्चात पनि चीनले ल्याटिन अमेरिका र क्यारिबीयनलाई सक्दो सहयोग गरिरहेको छ ।

प्रतिक्रिया