कोरोना निको हुने दर ९०.२ प्रतिशत, थप ४१ जनाको ज्यान गयो

admin

काठमाडौं, ८ असार : मंगलबार थप चार हजार पाँच सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १२ हजार दुई सय चार जनाको पीसीआर परीक्षण र चार हजार सात सय नौ जनाको एन्टिजेन परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएका संक्रमितमा धौलागिरी अस्पतालबाट यसअघि भएको परीक्षणको विवरणसमेत जोडिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५४ हजार चार सय ७० पुगेको छ । बितेको २४ घण्टामा चार हजार नौ सय ५४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

योसँगै अहिलेसम्म संक्रमणबाट निको हुनेको संख्या पाँच लाख ६४ हजार आठ सय ८२ जना निको भएका छन् । अहिले नेपालमा कोरोना संक्रमण निको हुने दर ९० दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । अहिले सक्रिय संक्रमितको संख्या ५२ हजार छ सय ४८ रहेको छ ।

यस्तै बितेको २४ घण्टा र प्राप्त विवरणसहित ४१ जनाको संक्रमणका कारण ज्यान गएको छ । योसहित नेपालमा अहिलेसम्म आठ हजार आठ सय १३ जनाको कोरोनाबाट ज्यान गएको छ ।

प्रतिक्रिया