कोरोना नियन्त्रणका लागि रुसमा सात दिन बिदा

admin

मस्को : मस्को रुसले कोरोना भाइरसको फैलावट नियन्त्रणका लागि भन्दै अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म भुक्तानी दिने तर काम गर्न कार्यालयमा जान नपर्ने व्यवस्था गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरसको फैलावट रोक्न अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म देशभरि भुक्तानी दिने तर कर्मचारीहरूलाई काममा नआउने व्यवस्था गर्ने एक कानुनी पत्रमा बुधवार हस्ताक्षर गरेका हुन्।

पुटिनले सरकारलाई भने, “हामीले सामना गर्ने स्थितिलाई ध्यानमा राख्दै म निश्चित रूपमा अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म कर्मचारीको ज्यालाको सुनिश्चितता गर्ने तर देशभर काम नहुने दिनहरू लागू गर्ने प्रस्तावको समर्थन गर्दछु।” उनले आवश्यक परेको खण्डमा बिदाका दिनहरू विस्तार गर्न सकिने बताएका छन्।

प्रतिक्रिया