कोरोना नियन्त्रण कोषमा चलचित्र कलाकार संघद्वारा एक लाख १ हजार सहयोग

admin

काठमाडौं, १६ चैत : नेपाल चलचित्र कलाकार संघले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण गर्नको लागि रु एक लाख एक हजार कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

नेपालमा पनि कोरोना संक्रमण बचाउँका लागि राज्य र नागरिक तहबाट विभिन्न उपाय अबलम्वन भैरहेका छन ।

चलचित्र कलाकारहरुको हक हितमा बुलन्द आवाज उठाउदै आएको संघले दुख पिडामा परेका कलाकारहरुलाई मात्र नभएर सर्बसाधारण नेपालीहरुलाई समेत सहयोग गर्दै आएको कुरा संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी दिए ।

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बाट जोगिन पनि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदि बहिनिहरुमा संघका महासचिब चेत बहादुर सिंह “राजा” ले आग्रह गरेका छन् ।

यस संकटको घडीमा मुलुकलाई बर्बादी बाट जोगाउन प्रत्येक नेपाली एकजुट भएर सुरक्षाका साबधानीहरु अपनाउनु पर्ने र सरकारी नियम आदेश पालना गर्नु पर्नेमा समेत उनले जोड दिए ।

लकडाउनको अवधीमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने, साथै श्रमिक चलचित्रकर्मीहरू पनि समस्यामा पर्न आएमा सम्बन्धित निकायको ध्यान आकर्षण गराइएको छ ।

प्रतिक्रिया