कोरोना परीक्षणका लागि १३३ देशमा १५ देखि ३० मिनेटमा नतिजा देखाउने प्रविधि पुर्‍याउने : डब्लूएचओ

अस्मिता बेल्बासे

एजेन्सी, १३ असोज : कोरोना भाइरस संक्रमण पहिचानका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले छिटोछरितो र सर्वसुलभ तरिकाबाट परीक्षण गरि किटलाइ मान्यता दिएको बताएको छ । न्यून र मध्यम आय भएका मुलुकहरुमा कम शुल्क र छिटो परीक्षण गरी कोरोना संक्रमितको पहिचान गर्ने किटलाई मान्यता दिएको डब्लूएचओले बताएको हो ।

डब्लूएचओका महानिर्देशक डा. ट्रेड्रोस एडहानेमा गेहेब्रेयससले कोरोना परीक्षणको कोशेढुंगा हुने बताएका छन् । सजिलै लिएर हिँड्न सकिने र सहज तरिकाको नयाँ परीक्षणको नतिजा १५ देखि ३० मिनेटसम्ममा आउने हुँदा परीक्षणको नतिजाका लागि केही दिन कुर्नपर्ने बाध्यता हट्ने महानिर्देशक टेड्रोसको भनाई छ ।

कोरोना परीक्षणका लागि ५ अमेरिकी डलर लाग्ने र १५ देखि ३० मिनेटमा परीक्षणको नतिजा आउने बताइएको छ । डब्लूएचओले दिएको जानकारी अनुसार ६ महिनाभित्र एन्टिजेनमा आधारित १२ करोड रÞयापिड डायग्नोस्टिक टेस्ट’ गरिनेछ । यो परीक्षण चिकित्सक र प्रयोगशाला कम भएका देशहरुमा प्रभावकारी हुने डब्लूएचओको विश्वास छ ।

परीक्षणका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र टेस्ट किट उत्पादक कम्पनीहरु एबोट र एसडी बायोसेन्सरसँग सम्झौता भएको छ । सम्झौताअनुसार कम आम्दानी भएका विश्वका १ सय ३३ देशहरुमा परीक्षण किट उपलब्ध गराइनेछ । यसका लागि ग्लोबल फन्डबाट सुरुवाती चरणमा ५ करोड मिलियन अमेरिकी डलर छुट्याइएको छ ।

प्रतिक्रिया