कोरोना भाइरसका कारण नेपाल-भारत मैत्री बस सेवा बन्द

admin

कञ्चनपुर, २ चैत : कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपाल-भारत मैत्री बस सेवा आइतबार देखि बन्द गरिएको छ ।

भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरसका कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले बताएका छन् ।

“जिल्ला प्रशासन कार्यालयमार्फत भारतीय प्रदेश सरकारको पत्रको जानकारी दिँदै बस सेवा रोक्न भनिएपछि बस सेवा बन्द गरेका छौँ”, उनले भने ।

अर्को आदेश नआउँदासम्म बस सेवा रोकिएको उनले बताए । महाकाली यातायातले नयाँदिल्ली, देहरादुनलगायतका क्षेत्रमा नेपाल-भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएको छ ।

महाकाली, पवनदूतलगायतका आधा दर्जन बढी नेपाल-भारत मैत्री बस दैनिक सञ्चालनमा हुँदै आएका छन् ।

प्रतिक्रिया