कोरोना भाइरसको कारण फुटबल प्रशिक्षकको ज्यान गयो

admin

काठमाडौं, ४ चैत : कोरोना भाइरसको सङ्क्रमणबाट स्पेनमा २१ वर्षीय युवा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको छ ।

गार्सियाको अस्पतालमा ज्यान गएको क्लबले जानकारी दिएको छ । क्लबले शोक प्रकट गर्दै भनेको छ, ‘गार्सियाको निधनले हामी दुःखी छौँ, उनको परिवारमा हाम्रो समवेदना छ । हामी तिमीलाई कहिल्यै भुल्न सक्दैनौँ ।’

फ्रान्सिस्को गार्सिया मलागाको क्लब एथ्लेटिको पोर्टाडाको जुनियर टिमको प्रशिक्षक हुन् । उनी कोरोना भाइरसबाट ज्यान गुमाउने सबैभन्दा कम उमेरका एक हुन् ।

प्रतिक्रिया