कोरोना भाइरस : ज्यान जानेको संख्या २ हजार २७६, साढे ७५ हजार भन्दा बढीमा संक्रमण

admin

काठमाडौं, ९ फागुन : चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय ७६ पुगेको छ ।

कोरोना संक्रमणबाट बितेको २४ घण्टामा २ सय ७ जनाले ज्यान गुमाएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन्।

चीन बाहिर अहिलेसम्म ६ जनाले ज्यान गुमाईसकेका छन् । चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ हजार ६ सय पुगेको छ ।

चीन बाहिरका विभिन्न देशमा गरी एक हजारभन्दा धेरै मानिसमा संक्रमण भएको समाचार संस्था सीएनएनले जनाएको छ ।

प्रतिक्रिया