कोरोना भाइरस : पाँच वर्षमुनिका बालबालिका जोखिममा, ज्यान गुमाउनेको संख्या १० पुग्यो

admin

काठमाडौं, ५ बैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच वर्षमुनिका बालबालिका पनि जोखिममा रहेकाले उनीहरूको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ । केही स्वास्थ्यकर्मीलेसमेत पाँच वर्षमुनिका बालबालिका जोखिममा नरहेको बताउने गरेको भन्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसबाट सबै उमेर समूहका मानिस जोखिममा रहेका बताए ।

नेपालमा अहिलेसम्म तीन हजार पाँच सय ६५ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने अहिले पाँच वर्षमुनिका ५१ जना बालबालिका सक्रिय संक्रमित छन् । यस्तै नेपालमा अहिलेसम्म पाँच वर्षमुनिका १० बालबालिकाको कोरोना संक्रमणबाट ज्यान गएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया