कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने

अस्मिता बेल्बासे

एजेन्सी, २६ साउन : रुसले विकास गरेको कोरोना भाइरसको भ्याक्सिन अबको दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुने भएको छ ।

मस्कोस्थित गामलियाले विकास गरेको भ्याक्सिन अनुमोदित भएमा यो सार्वजनिक प्रयोगमा आउने विश्वकै पहिलो कोरोना भ्याक्सिन हुने भएको छ ।

रुसले रक्षा मन्त्रालयसँगको सहकार्यमा गामलियाको भ्याक्सिन परीक्षणमा सफल भएको दाबी गरिएको छ ।  तीन चरणको परीक्षणपछि भ्याक्सिनलाई अनुमोदनका लागि पठाइएको हो ।

आगामी महिना रुसी जनतामा भ्याक्सिनको प्रयोग हुनेछ । रुसले आफ्ना जनताका लागि अक्टोबरमा भ्याक्सिन प्रयोगमा ल्याउने भएको छ । भ्याक्सिन विकासमा चीन पनि अगाडि छ । उसले एउटा भ्याक्सिन अनुमोदन गरिसकेको छ ।

तर, उक्त भ्याक्सिन सैनिकका लागि मात्र प्रयोगमा ल्याइएको छ । अमेरिकाको मोर्डना, युरोपको अक्सफोर्ड एस्ट्राजेनिका, पिफाइजरसहित छवटा भ्याक्सिन तेस्रो चरणको मानव परीक्षणको क्रममा छन् ।

विश्वभर २३ वटा भ्याक्सिन क्लिनिकल ट्रायलको चरणमा छन् । १६० भ्याक्सिन विकासको क्रममा रहेको छ ।

प्रतिक्रिया