कोरोना महामारीको अन्त्य हुन समय लाग्छ : डब्ल्यूएचओ

admin

काठमाडौं, ३१ चैत : विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना महामारीको अन्त्य हुन समय लाग्ने बताएको छ । विश्वमा कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको र धेरै देशमा संक्रमितहरुले ज्यान गुमाएका भन्दै डब्ल्यूएचओले स्वास्थ्य मापदण्डको पालना र आत्मसंयमता कायम गर्न आग्रह गरेको छ ।

सङ्गठनकाका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रिसियसले कोरोना महामारी अन्त्य हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिए । समाज, अर्थतन्त्र, व्यापार, यात्रा जस्ता क्रियाकलाप पुनः सुरु भएको देख्ने सबैको चाहना भए पनि महामारी नियन्त्रणको विकल्प स्वास्थ्य मापदण्डका पालना गर्नु नै रहेको उनको भनाइ छ ।

डब्ल्यूएचओका इपिडिमियोलोजिस्ट मारिया भानले कोरोनाको संक्रमण दर पछिल्लो हप्ता ९ प्रतिशत र मृत्युदर ५ प्रतिशतले बढेको बताइन् । उनले संक्रमणलाई हलुका रुपमा लिन नहुनेमा जोड दिएकी छिन् । कोरोना महामारीबाट सबैभन्दा प्रभावित अमेरिका रहेको छ ।

त्यसपछि भारत विश्वमा दोस्रो सबैभन्दा धेरै संक्रमित रहेको सूचीमा छ । गएको २४ घण्टामा भारतमा १ लाख ६० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै भारतका कुल संक्रमितको संख्या १ करोड ३६ लाख ८६ हजार नाघेको छ ।

प्रतिक्रिया