कोरोना संक्रमणबाट जिल्ला न्यायाधीशको मृत्यु

admin

काठमाडौं, ३० वैशाख : कोभिड-१९ संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासदेवलाल श्रेष्ठको मृत्यु भएको छ।

श्रेष्ठको टेकु अस्पतालमा उपचारका क्रममा बुधवार पाँच बजे मृत्यु भएको सर्वोच्च अदालतका शाखा अधिकृत हरि भट्टराईले बताए।

बाराका श्रेष्ठ ललितपुर इमाडोलमा बस्दै आएका थिए। कोरोना संक्रमण देखिएपछि उनी केही दिनअघि टेकु अस्पताल भर्ना भएका थिए। ५५ वर्षीय श्रेष्ठ सुगरका रोगी थिए।

प्रतिक्रिया