कोरोना संक्रमणबाट थप एक जना सैनिकको मृ’त्यु

admin

काठमाडौं, असोज १० : कोराना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक जना सैनिकको मृ’त्यु भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मृ’त्यु हुनेमा बझाङ जिल्ला घर भई हाल काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवान रहेका छन् ।

उनको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । उनलाई यही असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आकस्मिक रुपमा आइसियूमा भर्ना गरिएको थियो ।

उनको उपचारको क्रममा मृ’त्यु भएपछि असोज ८ गते स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपाली सेनामा कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु हुनेको संख्या २ पुगेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अहिलेसम्म सेनामा संक्रमितको कुल संख्या २१९७ पुगेको छ । संक्रमित भएकामध्ये ५३९ जनाको निको भएका छन् ।

प्रतिक्रिया