कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु

admin

काठमाडौं, २ बैशाख : मोरङ र बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृ’त्यु भएको छ। विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको मृ’त्यु भएको छ।

विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको आज बिहान साढे चार बजेतिर मृ’त्यु भएको हो। अस्पतालका निमित्त संयोजक एपोलो भगतका अनुसार महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका क्रममा मृ’त्यु भएको हो।

यस्तै कोरोना भाइरसबाट संक्रमित भएका बाँकेको खजुराका ४२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृ’त्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको गएराति मृ’त्यु भएको हो। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार उनलाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया