कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ६ लाख ९२ हजार नाघ्यो

admin

काठमाडौं, १९ साउन : विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।

डब्लुएचओकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म १ करोड १४ लाख ४४ हजार ८२१ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ६० लाख ९७ हजार ३२१ व्यक्ति कोरोना संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ६५ हजार ७५४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख १३ हजार ६४७ जनामा कोरोनाका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ५८ हजार ३६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४२ लाख ४५ हजार ५४२ जना कोरोना संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ८९२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५६ लाख ५७ हजार ५५२ जना कोरोना संक्रमति रहेका छन् । यहाँ दुई लाख २२ हजार १८६ जनाको मृत्यु भएको छ ।

युरोपमा २८ लाख ९८ हजार ९४४ जना कोरोना संक्रमित रहेका छन् भने दुई लाख ३ हजार ७९४ को मृत्यु भएको छ । एसिया ४४ लाख ५१ हजार ६५ जनामा कोरोना संक्रमण रहेको छ भने ९९ हजार ३२४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ९ लाख ६१ हजार ३८८ जनामा कोरोना संक्रमण रहेको छ भने २० हजार ३५० जनाको मृत्यु भएको छ । ओसियानामा १९ हजार ७२४ जनामा कोरोना संक्रमण रहेको छ भने २३३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया