काठमाडौं, १२ बैशाख : कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । (भोली) सोमबारसम्म श्रेष्ठ डिस्चार्ज हुने सम्भावना रहेको कलाकार हरिवंश आचार्यले जानकारी दिएका छन् ।
केही दिनअघि कोरोना संक्रमित भएका श्रेष्ठलाई निकै कमजोर महशुस भएपछि दुई दिनअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उनका परिवारका अरू सदस्यलाई पनि कोरोना संक्रमण भएको छ ।
कलाकार आचार्यका अनुसार श्रेष्ठको परिवारका अरूलाई भने अस्पताल भर्ना गर्नु परेको छैन । गएको बैशाख ६ गते श्रेष्ठसहित उनका परिवारका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।